• २०८१ बैशाख २७ बिहीबार

संवैधानिक परिषद्को बैठक जारी

kharibot

काठमाडौं । संवैधानिक परिषद्को बैठक शुरु भएको छ । बैठक आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधा, रक्षा एवं कानुनमन्त्री पूर्णबहादुर खड्का सहभागी भएका छन् ।

आजको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने बताइएको छ । गत २७ मंसिरदेखि प्रधानन्यायाधीश पद रिक्त छ भने कायम मुकायमको रुपमा हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशको काम गरिरहेका छन् । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि कार्कीले कामु भएर काम गरिरहेका हुन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै