• २०८१ बैशाख १७ सोमबार

माइक्रोसफ्टलाई कानुनी कारबाही गर्ने मस्कको चेतावनी

kharibot

काठमाडौँ । ट्विटरका सीईओ एलन मस्कले माइक्रोसफ्टलाई कानुनी कारबाही गर्ने धम्की दिएका छन् । मस्कले कम्पनीले ट्विटरको डाटा अवैध रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । मस्कले एक ट्वीटको प्रतिक्रिया दिदै माइक्रोसफ्टले अवैध रूपमा ट्विटरको डाटा प्रयोग गरेको भन्दै अब कानुनी लडाई लड्ने बताएका हुन् । 

माइक्रोसफ्टले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलहरूमा ट्विटर डाटा प्रयोग गरेको आरोप लगाइएको थियो । माइक्रोसफ्टले आफ्नो एआई प्लेटफर्मबाट ट्विटर हटाउने घोषणा गरेपछि मस्कको यस्तो प्रतिक्रिया आएको हो । 

माइक्रोसफ्टले बनाएको आफ्नो ओपन एआई प्लेटफर्म लार्ज ल्यांगेज मोडल (एलएलएम) ले डाटाका लागि ट्वीटरसहित रेडडीट, स्ट्याक ओभरफ्लो जस्ता सामाजिक संजालको डाटा प्रयोग गरेको आरोप लागेको छ । 

यसअघि रेडीडिटले पनि माइक्रोसफ्टले आफ्नो डाटा प्रयोग गरेकोमा आपत्ति जनाएको थियो ।           

माइक्रोसफ्टले ट्विटरको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) शुल्क तिर्न अस्वीकार गरेको बताइएको छ ।

ट्विटरले यसको एपीआई प्रयोगकर्ताहरूलाई प्रति महिना कम्तिमा ४२ हजार डलर शुल्क लिने घोषणा गरेको लगभग दुई महिना पछि माइक्रोसफ्टले अर्को हप्ता ट्विटरलाई आफ्नो विज्ञापन प्लेटफर्मबाट हटाउने बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै