• २०८१ बैशाख १८ मंगलबार

निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ- शङ्कर पोखरेल

kharibot

लुम्बिनी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताएका छन् ।

उनले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गरे । 

एमाले लुम्बिनी प्रदेशको ‘मिसन ग्रासरुट’ समीक्षा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन जनमत वृद्वि गर्नुपर्नेमा जोड दिए ।

“चुनावमा जित्ने मात्र खोज्ने नीति, विचार नबुझेको मान्छे खोज्ने हो भने पार्टी सङ्गठनलाई बलियो बनाउन र स्थायित्व दिन सकिँदैन”, उनले भने, “अबको चुनाव पार्टीको नेतृत्वमा जनताबीच भिजेका, विचार राम्रोसँग बुझेका र परिवर्तनमा योगदान दिएका व्यक्तिलाई उम्मेदवार बनाउँछौँ ।”महासचिव पोखरेलले निर्वाचनमा पैसावाला प्रवृत्ति हाबी हुँदै गएको उल्लेख गर्दै यसलाई रोक्नुपर्ने बताए । पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने उनको भनाइ थियो । महासचिव पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न बलिया, पुराना राजनीतिक दल निर्माण हुन नदिने र कमजोर बनाउने खेल भइरहेको आरोप लगाए  ।

“एमालेका हरेक नेता तथा कार्यकर्ताले जनताको सरोकारमा ध्यान पुर्याउन आवश्यक छ”, उनले भने– “जनताको चासोमा ध्यान दिन नसके उनीहरुसँगको सम्बन्ध टुट्छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै