• २०८१ बैशाख १६ आइतबार

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे

kharibot

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी लिएका छन्  ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

यस्तै फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा ४० हजार र प्रदेशस्तरमा सात हजारका दरले दिइने फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिए  ।

यसअघि फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिरहेको थियो । उक्त तीनवटै पुरस्कार जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने फाउण्डेशनका सचिवालय सदस्य भण्डारीले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै