• २०८१ बैशाख १७ सोमबार

चितवन-२ मा मतदाताको उत्साहमा कमि, घट्यो मतदान !

kharibot

चितवन । चितवन-२ मा गत मंसिरको आमनिर्वाचनमा भन्दा आज सम्पन्न उपनिर्वाचनमा ५ प्रतिशत कम मतदान भएको छ । 

मङ्सिर ४ को आम निर्वाचनमा चितवन-२  मा ६७.८७ प्रतिशत मतदाताले मतदान गरेका थिए । तर, आज सम्पन्न उपचुनावमा मंसिरको भन्दा आम मतदातामा उत्साह कम देखिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार चितवन-२ को उपनिर्वाचनमा ६२.७७ प्रतिशत मत खसेको छ । यो भनेको गत चुनावको भन्दा ५.१  प्रतिशत कम हो । तर, यस उपनिर्वाचनमा गत मंसिरको भन्दा कम मतदाताले सहभागिता जनाएको स्पष्ट भएको छ ।

चितवन २ मा गत वैशाखमा एक लाख २४ हजार २१५ मतदाता रहेकामा यसपालि ४८० जना थपिएर १ लाख २४ हजार ६९५ मतदाता रहेका थिए । तर, मतदाता थपिए पनि मतदान भने मंसिरको भन्दा कम भएको छ ।

कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएको यस क्षेत्रमा रास्ववाबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् । 

मतदान सकिएसँगै अहिले मतपेटिका मतगणनास्थलतर्फ ल्याउने क्रम जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको जानकारी दिएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले मतगणनास्थल उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा ल्याउने प्रक्रिया सुरु भएको छ ।  आज राति १० बजेसम्म मतपेटिका आइपुग्ने उनले जानकारी दिए । मतपेटिका आएसँगै राजनीतिक दलहरूको सहमतिमा आज रातिदेखि नै मतगणना सुरु गर्ने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बताए ।

चार स्थानमा गणना गर्न मिल्ने गरी व्यवस्थापन गरिएको उहाँले जानकारी दिए । वैशाख १३ गतेसम्म नतिजा आउने गरी गणनाको काम गरिने उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै