• २०८१ बैशाख १६ आइतबार

मैदानमा भिडेपछि विराट कोहली र गौतम गम्भीरलाई जरिवाना

kharibot

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती लखनउमा भएको खेलमा विराट कोहली र लखनउका मेन्टर गौतम गम्भीरबीच विवाद भएपछि उनलाई करावाही गरिएको छ । 

विराट र गौतमबीच खेल सकिएपछि विवाद भएको थियो । विवाद यति बढ्यो कि लखनउका कप्तान केएल राहुल र सिनियर खेलाडी अमित मिश्राले हस्तक्षेप गर्नु परेको थियो । दिल्लीकै यी दुवै खेलाडी विराट र गौतमबीच पटक पटक आइपिएलमा विवाद हुदै आएको छ ।

विवादपछि आइपिएलले विराट कोहली र लखनउका मेन्टर गौतम गम्भीरलाई आचार संहिता उल्लंघन गरेको आरोपमा यस खेलको शतप्रतिशत पारिश्रमिक जरिवाना गरेको छ । त्यस्तै लखनउका बलर नवीन उल हकलाई पनि म्याच फीको ५० प्रतिशत जरिवाना गरिएको छ । कोहली र नवीनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

गएराती सम्पन्न खेल भने रोयल च्यालेनाजर्स बैंगलोरले लखनउमाथि १८ रनको जित हासिल गरेको थियो ।

विराटलाई जारी आइपिएलमा यस अघिको खेलमा पनि जरिवाना गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै