काठमाडौँ । फुटबलर लियोनेल मेसी आफ्नो ट्रेड मार्कसम्बन्धि युरोपियन अदालतमा चलिरहेको मुद्धा जितेका छन् ।
मेसीले एक साइकलिङ कपडा ब्रान्डले ‘मासी’ नामको ब्रान्ड नाम राखेर विभिन्न बस्तुको उत्पादन गर्दै आएको विरुद्ध मेसी युरोपियन अदालतमा गएका थिए ।
सन् २०११ देखि मुद्धा लडिरहेका मेसीले मुद्धा जित्दै अब युरोपमा आफ्नो नामको ब्रान्ड उत्पादन गर्न र बिक्रि गर्न पाउने भएका छन् ।
युरोपियन अदाल का न्यायधिशले मेसीले आफ्नो ट्रेडमार्क ‘एम’ लाई लोगोको रुपमा प्रयोग गर्न पाउने फैसला गरिदिएका छन् ।
खेलकुदको जुत्ता र कपडामा प्रयोग भैरहेको ‘मासी’ ब्रान्ड विरुद्धको लामो लडाई मेसीले जितेका छन् । मासी ब्रान्डका मालिक जउमे मसफेरार कोमाले बर्षौ देखि सो ब्रान्डमा खेलकुद कपडा र जुटा उत्पादन गर्दै आएका थिए ।
मेसीले सो ट्रेडमार्कबिरुद्ध मुद्धा हालेपछि कोमाले आफुले पहिलेनै युरोपेली ट्रेडमार्क पाइसकेको दाबि गर्दै आएका थिए । मेसीले भने यस नामले प्रयोगकर्तामा ठुलो अन्योलता आएको भन्दै अदालत गएका थिए ।
स्पेनमा रहेको इयुको इन्टेलेक्चुअल प्रपर्टि कार्यालयले २०१४ मा मेसीको अपिललाई खारेज गर्दै कोमाको पक्षमा फैसल गरेपछि मेसी उच्च अदालतमा गएका थिए ।