• २०८१ बैशाख १७ सोमबार

मुगुको समता स्कुल बन्द, बिचल्लीमा विद्यार्थी

kharibot

तस्बिर : नृपेन्द्रबहादुर मल्ल / रासस

मुगु । मुगु जिल्लास्थित समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । २०७५ सालदेखि अध्ययन अध्यापन गराउँदै आएको समता स्कुल बन्द भएपछि विद्यार्थी यति वेला बिचल्लीमा परेका हुन् ।

मदन बहादुर हरि बहादुर फाउण्डेशनद्वारा सञ्चालित २०७५ सालमा गरिब, दलित, पिछडिएका बालबालिकाले सहज गुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउण्डर उत्तम सञ्जेल र सुदर्शन पौडेलले मुगुमा विद्यालय स्थापना गराएका थिए। ५ वर्षको नबित्दै संस्थापन पक्षले हात झिक्न थालेपछि समतामा अध्ययनरत १३० जना विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।

विद्यालय सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिकाले २ कक्षासम्मको अनुमति दिइए पनि विद्यालयले ५ कक्षासम्म सञ्चालन गरेको छ ।

अन्य विद्यालय भर्ना हुनका लागि स्थानान्तरण प्रमाणपत्र आवश्यक पर्छ, त्यो विद्यालयले दिने अवस्था छैन। विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली विद्यालयले अद्यावधिक गराएको छैन ।

यो नहुँदा अरू विद्यालयमा भर्ना हुन पनि समस्या भएको समता स्कुलका सहायक प्रधानाध्यापक समुद्रकुमार मल्लले बताए । छायानाथ रारा नगरपालिकाले कक्षा २ सम्मको मात्रै अनुमति लिई कक्षा ४ सम्म कक्षा सञ्चालन गर्नु राम्रो नभएको बताए । विद्यालय नियमविपरीत चलेको आफूले थाहा नपाएको र गएको अन्तिम वार्षिक परीक्षाबाट मात्रै थाहा पाएको बताए । 

यहाँका ५ जना शिक्षकले पनि करिब ९ महिनादेखि तलब पाएका छैनन्। विद्यालय प्रशासन र संस्थापकको झूटो आश्वासनले ९ महिनादेखि आफूहरूले तबल नपाएको गुनासो गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै