• २०८१ बैशाख १७ सोमबार

ब्रेन्टफोर्डसँग हार्यो टोटनह्याम

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डले टोटनह्यामलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा ब्रेन्टफोर्डले टोटनह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्रेन्टफोर्डको जितमा ब्रायन एम्बेउमोले दुई गोल गरेका थिए भने योआने विसाले एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल ह्यारी केनले गरेका थिए ।

यो जितपछि ब्रेन्टफोर्डको ३७ खेलमा ५६ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

त्यस्तै यस सिजनमा टोटनह्यामको भने यो १४औं हार हो । टोटनह्यामको ३७ खेलमा ५७ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै