• २०८१ जेठ १ मंगलबार

काभा महिला भलिबलः नेपालसँग बंगलादेशसँग पराजित 

kharibot

काठमाडौं । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । 

मगंलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदक परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

नेपालले पहिलो सेट २५–१० ले, दोस्रो सेट २५–८ ले र तेस्रो सेट २५–९ ले जितेको छ । यो जितसँगै नेपालले समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । 

च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् ।

अब नेपालले जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै