• २०८१ बैशाख २२ शनिबार

१९ औं एसियाली खेलकुदको तयारीका लागि सचिवालय स्थापना 

kharibot

काठमाडौं । मित्रराष्ट्र चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालन गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा सञ्चालन गरिएको सचिवालय कार्यालयको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे । 

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १९ औं एसियाली खेलकुद सचिवालयका संयोजक टंकलाल घिसिङ्, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला, पेमा डोल्मा लामा, मानदेव हजार, तालिम तथा प्रशिक्षण विभागका निर्देशक एवं सचिवालयका सचिव प्रचण्ड शर्मा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै