• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ आन्दोलित

kharibot

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको छ । 

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो । 

बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार शुक्रबार  बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला गराई कोणसभा गर्ने, साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाँधेर नियमित कार्यालयको काम गर्ने, साउन ३१ गते कालो पट्टी बाँधे १ घण्टा, साउन ३२ गते र भदौ १ गते दिन कालो पट्टी बाँधेर २ घण्टा पेन डाउन गरी विरोध जनाउने संघर्षका कार्यक्रम छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै