• २०८१ बैशाख १४ शुक्रबार

सन्दीपले विश्वकप छनोट खेल्न पाउने 

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडि सन्दीप लामिछानेले दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको तयारी र जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउने भएका छन् । 

बालात्कारको मुद्दा खेपिरहेका सन्दीपले असार २९ गतेको साधारण पेसी तोकिएपछि विश्वकप छनोटको तयारी र विश्वकप छनोटसमेत खेल्ने निश्चित बनेको हो ।

सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले उनलाई असार २९ को साधारण पेसी दिइएको बताए ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्ने बताए । 

यसअघि, पेसीकै कारण सन्दीप नेपाली टिमसँगै विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका जान पाएका थिएनन् । सन्दीपविरुद्धको बलात्कार मुद्दामा गएको मंगलबार पनि अन्तिम सुनुवाइ सुरु हुन सकेको थिएन ।

गत फागुन १५ गते सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान पाउने गरी धरौटीमा छाड्न आदेश दिएको थियो ।

यस्तै, सर्वोच्चले उक्त मुद्दालाई छिटो सकाउन समेत जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै