• २०८१ बैशाख १८ मंगलबार

'अखण्ड भारत' नक्साको बारे आवश्यक परे प्रस्टीकरण दिन तयार छौं- जयशंकर

kharibot

काठमाडौं । भारत सरकारले 'अखण्ड भारत' नक्सालाई राजनीतिक विषय बनाउन नहुने बताएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा सांस्कृतिक नक्सा भएको स्पष्ट पारेका हुन् ।

नक्सालाई लिएर नेपाल, बंगलादेश र पाकिस्तानमा विरोध भइरहेको भन्दै सोधिएको प्रश्नमा उनले यसलाई राजनीतिक विषय बनाउन नहुने बताएका छन् । उनले नेपाल र बंगलादेशलाई यसबारे थप प्रस्टीकरण चाहिए भारत सरकार तयार रहेको बताए ।

उनले भने- 'मलाई लाग्दैन यो राजनीतिक विषय बन्नुपर्छ । हाम्रा छिमेकी मुलुक यसबारे बुझ्छन् । यदि कुनै प्रस्टीकरण चाहिन्छ भने यसमा कुनै ठूलो कुरा छैन ।' उनले छिमेकी मुलुकहरू यस विषय प्रस्ट भइसकेको दाबीसमेत गर्दै भने- 'मलाई जानकारी भएअनुसार उनीहरू (नेपाल र बंगलादेश) बुझिसकेका  छन् ।'

उनले अखण्ड नक्साबारे विदेश मन्त्रालयले पहिल्यै प्रस्ट पारिसकेको भन्दै अशोका साम्राज्यका बखत उनको असल र जनउत्तरदायी शासनको सम्मानको स्वरूप मुरल नक्सा राखिएको प्रस्ट्याए । 

नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई  समेटिएको भन्दै विरोध हुँदै आएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमै प्रधानमन्त्रीसँग यस विषयमा जवाफ मागेको थियो भने प्रधानमन्त्री प्रचण्डले यस विषयमा छलफल भएको र विश्वासको वातावरण बन्दै गएपछि समस्या समाधान हुने बताएका थिए ।

यस विषयमा बंगलादेशले कूटनीतिक नोट पठाएरै भारत सरकारको ध्यानाकर्षण गराएको थियो । 

यसैबीच काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा  राखेपछि यो विषय अहिले फेरी चर्चामा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय