• २०८१ बैशाख १७ सोमबार

पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थलमा जादा प्रश्न उठ्छ- डा. बाबुराम भट्टराई

kharibot

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थलमा जादा प्रश्न उठेको टिप्पणी गरेका छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो क्याबिनेटका केहि मन्त्रीहरुसहित पशुपतिनाथ मन्दिर पुगेको प्रसंगमा टिप्पणी गर्दै डा. भट्टराईले पुरै मन्त्रिमण्डल एक साथ धार्मिक स्थलमा जादा त्यो राजनीतिक हुने र प्रश्न उठ्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड हालै सम्पन्न भारत भ्रमणमा गेरु बस्त्र लगाएर मन्दिरमा पुजा गरेको विषय अहिले पनि चर्चामा रहेको छ । सरकारका मन्त्रीहरुसहित भारतमा पुजा गरेका प्रचण्ड फेरी शनिबार उनै मन्त्रीहरुसँग पशुपतिनाथको दर्शन गरेका छन् ।

डा. भट्टराईले भनेका छन्-   

नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’?एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैन; त्यो उसको निजी आस्थाको कुरा हो । तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै