• २०८१ बैशाख १५ शनिबार

भारत ए ले जित्यो महिला टी- २० इमर्जिंग टिम्स कपको उपाधि

kharibot

काठमाडौँ । हङकङमा सम्पन्न एसीसी महिला टी- २० इमर्जिंग टिम्स कपको उपाधि भारतले जितेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा भारतको ए टिमले बंगलादेशको ए टिमलाई ३१ रनले पराजित गर्दै उपाधि जितेको हो ।

भारतले दिएको १२८ रनको लक्ष्य पछाएको बंगलादेश ए टिम १९.२ ओभरमा अल आउट हुदै ९६ रन बनाएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतीय महिला ए टिमले २० ओभरमा ७ विकेट गुमाउदै १२७ रन बनाएको थियो ।

यस प्रतियोगितामा अन्तिम समयमा भाग लिएको नेपाल बर्षका कारण एक खेल मात्र खेल्न पाएको थियो । दुई खेल बर्षाले रद्ध भएपछि नेपाल समुह चरणबाट बाहिरिएको थियो ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै