• २०८१ बैशाख २० बिहीबार

२२ औं वार्षिकोत्सवः मदन भण्डारी मेमोरियल कलेजमा निःशुल्क स्वास्थ्य शिविर हुने 

kharibot

काठमाडौं । नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

लायन्स क्लब अफ काठमाडौंसँगको सहकार्यमा असार १२ गते मगंलबार कलेज परिसरमा स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो । 

सो अवसरमा आँखा, दाँत र मधुमेहको निःशुल्क परिक्षण गरिने कलेजका समाजिक कल्याण उप–समितिका संयोजक सुजित मैनालीले बताए । 

साथै रक्तदान कार्यक्रम पनि रहेकाले इच्छुक व्यक्तिले रक्तदान पनि गर्न सक्नेछन् । विहान ९ बजेदेखि हुने स्वास्थ्य शिविरबाट लाभ लिन सबैमा कलेजले अनुरोध समेत गरेको छ । 

कलेजले आफ्नो २२ औं वार्षिकोत्सव असार १४ गते विहान राष्ट्रिय सभा गृहमा भव्य रुपमा आयोजना गर्ने भएको छ ।

सो अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा आउने तय भएको सहायक प्रधानाध्यापक कमल न्यौपानेले जानकारी दिए । 

साथै त्रिभुवन विश्वविद्यालयका रजिष्टार, मदन भण्डारी फाउण्डेशनका पदाधिकारी, कलेज व्यवस्थापन समितिका पदाधिकारी लगायतको पनि उपस्थिति हुने उनले बताए ।

हरेक वर्ष कलेजले आफ्नो वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर लगायत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै