• २०८१ बैशाख २१ शुक्रबार

न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो

kharibot

काठमाडौं । न्याय परिषद्को सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । 

न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वाेच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो ।

हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । 

सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्यसहित ४१ र जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै