• २०८१ बैशाख १५ शनिबार

पिसाबबाट निकालिएको पानी पिउँछन् अन्तरिक्ष यात्रु ! 

kharibot

काठमाडौँ । लामो समयसम्म अन्तरिक्षमा रहन र भविष्यका ठूला मिसनहरू पूरा गर्न सबैभन्दा महत्तपूर्ण कुरा के हो ? पानी, जसको खोज दशकौं देखि जारी रहेको छ । अन्तरिक्षमा पानीको मिलन भनेको जीवनको मिलन हो । 

यसबारे पछिल्लो अपडेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट आएको छ जहाँ वैज्ञानिकहरूले विभिन्न विधिद्वारा ९८ प्रतिशत पानीलाई पुनर्स्थापित गरेका छन् ।

यसलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले वैज्ञानिकहरूले अन्तरिक्ष यात्रीको पसिना र पिसाबलाई पुनः प्रयोग गरी पिउन योग्य पानीमा परिणत गरेको बताएको छ । 

स्पेस डट कमको एक रिपोर्टका अनुसार, स्पेस स्टेशनमा प्रत्येक अन्तरिक्ष यात्रीलाई पिउन, खाना पकाउन र सरसफाईको लागि प्रति दिन एक ग्यालन पानी चाहिन्छ ।

अन्तरिक्ष यात्रीहरूले इनभायरोन्मेन्ट कन्ट्रोल एण्ड लाइफ सपोर्ट सिस्टम (इसीएलएसएस)  प्रणालीहरू प्रयोग गरे अन्तरिक्षमा थप प्रयोगको लागि खाना, हावा र पानी जस्ता चीजहरूलाई पुनः प्रयोग गर्ने गरेको नासाले बताएको छ ।

सास र पसिनाको आर्द्रताबाट निकालियो पानी 

इसीएल एसएस बनाउने हार्डवेयरमा पानीको रिकभरी प्रणाली समावेश हुन्छ, जसले फोहोर पानी जम्मा गर्छ र यसलाई पिउने पानी उत्पादन गर्ने वाटर प्रोसेसर एसेम्बलीमा पठाउँछ ।

अन्तरिक्ष यात्रूको सास र पसिनाबाट हावामा रहेको नमी कब्जा गर्न एक उन्नत डिहुमिडिफायर प्रयोग गरिन्छ । अर्को प्रणाली, मूत्र प्रोसेसर असेंबली (यूपीए), पिसाबबाट पानी हटाउन भ्याकुम डिस्टिलेसन प्रयोग गरिन्छ र पिसाबबाट पानि निकालिन्छ ।

पिसाबमा ९८ प्रतिशत सफा पानी पाइन्छ 

यस प्रक्रियाको उप–उत्पादनको रूपमा नुनिलो पानी उत्पादन गरिन्छ र जसबाट फोहोर पानी हटाउन यूपीएमा ब्राइन प्रोसेसर असेंबली (बिपीए) थपिन्छ । जोन्सन स्पेस सेन्टर टोलीका सदस्य क्रिस्टोफर ब्राउनले बीपीएले पिसाबबाट सफा पानीको मात्रा ९४ प्रतिशतबाट ९८ प्रतिशतमा बढाएको छ, जुन अहिलेसम्मकै उच्च हो । पिउने पानी पुनर्स्थापित गर्ने यो विधिले मंगल ग्रह जस्ता लामो अन्तरिक्ष अभियानहरूमा मद्दत गर्न सक्ने विज्ञहरुले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै