• २०८१ बैशाख १८ मंगलबार

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

kharibot

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा सुख्खा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ ।

चितवनको ईच्छाकामना गाँउपालिका ६ कालीखोलामा शनिबार अपराहन्न ४ बजेतिर सडकमाथिबाट सुख्खा पहिरोले सडक दुईतर्फीरुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यो सडकखण्डका विभिन्न ठाँउमा पहितो आएका कारण पटक पटक सवारी आवागमन रोकिँदै आएको छ ।

अहिले पहिरो खुलाउन शुरु गरिएको र थप पहिरो नखसेमा पहिरो खुलाउन ५ देखि ६ घण्टा लाग्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै