• २०८१ बैशाख १७ सोमबार

कुरान जलाएको बिरोधमा इराकस्थित स्वीडेन दुतावासमा आगजानी

kharibot

बगदाद । इराकको राजधानी बग्दादमा रहेको स्वीडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ ।  बिहीबार सयौं प्रदर्शनकारीले स्वीडेनको दूतावासमा आगजनी गरेका छन् ।

घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौं प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्वीडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही समय पछि आगजनी पनि गरेका थिए । तर, दूतावासका कुनै पनि कर्मचारीलाई क्षति नभएको स्रोतले जनाएको छ । तर, बगदादमा स्वीडेनको दूतावासका अधिकारीहरूले घटनाको प्रतिक्रिया दिएका छैनन्।

स्वीडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दुतावासमा आगजानी गरेका हुन । केही हप्ताको सो घटनापछि मुस्लिम समुदायले स्विडेनविरुद्ध निरन्तर आक्रोश पोख्दै आएका छन् । यसका कारण सिया धर्मगुरु मुक्तादा अल सद्रका समर्थकहरूले बगदादमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।

आक्रमणको भिडियो एक लोकप्रिय टेलिग्राम च्यानलमा साझा गरिएको छ जसलाई मुक्तादा अल सद्रलाई समर्थन गरिएको छ। जसमा स्थानीय समय अनुसार बिहीबार बिहान करिब १ बजे सयौंको संख्यामा उपस्थित व्यक्तिले दूतावासमा आक्रमण गरेको देखिन्छ । त्यसपछि भीडमा उपस्थित केही व्यक्तिले दूतावासमा आगजनी गरेका थिए । 

सामाजिक सञ्जालमा आएको भिडियोमा दूतावास परिसरको एक भवनबाट धुवाँ उठेको देखिन्छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै