• २०८१ बैशाख १७ सोमबार

तीन दशकपछि कठौना–पातो सडकखण्डमा कालोपत्रे गरिँदै

kharibot

प्रतिनिधि तस्बीर

राजविराज । तीन दशकपछि सप्तरीको कठौना–पातो सडकखण्डमा कालोपत्रे हुँदैछ । झण्डै १८ किलोमिटर दक्षिण पातोदेखि उत्तर राजमार्गको कठौना बजारसम्मको बाटोमा कालोपत्रे गर्न सुरु गरिएको हो ।

उक्त मार्गमा सुरु गरिएको कालोपत्रे आगामी असोज–कात्तिकभित्र सम्पन्न हुनेगरी कार्यको शुभारम्भ भएको सप्तरी क्षेत्र नं ३ का सांसद दिनेशकुमार यादवले बताए ।  

नेपाली कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सांसद यादवकै पहलमा सङ्घीय सरकारबाट प्राप्त रु ७० करोड ४० लाखको बजेटबाट अहिले सडकमा कालोपत्रे भइरहेको छ । सडक कालोपत्रे भएसँगै जनताले भोग्दै आएको सास्ती अन्त्य हुने सांसद यादवको भनाइ छ । उनले शम्भुनाथ, बनैनिया, पथ्थरगाढा र गाइघाट जोड्ने सडकको निर्माण कार्य पनि सुरु हुने जानकारी दिए ।  

कान्छाराम कन्ट्रक्सनमार्फत उक्त सडकमा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । केही मात्रामा ग्राभेल गरी अलपत्र छाडिएका उक्त सडकखण्ड वर्षामा हिलाम्मे र सुक्खायाममा धुलाम्मे हुँदा सर्वसाधारण कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै