• २०८१ बैशाख १६ आइतबार

गुल्मीमा एकबर्षमा नागरिकताभन्दा राहदानी बनाउने बढी

kharibot

तम्घास । गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा  नागरिकता बनाउनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको सङ्ख्या करिब पाँच हजारभन्दा बढी छ । 

गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् भने राहदानी बनाउनेको सङ्ख्या १५ हजार ८६ जना छन् । कार्यालयका अनुसार जिल्लामा आव २०७८/७९ मा सात हजार चार सय नौ र आव २०७७/७८ मा दुई हजार चार सय २६ र जनाले राहदानी बनाएका छन् । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रशासनमा राहदानी बनाउने प्रयोजन उल्लेख नभए पनि अधिकांशले वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने गरेको बताए । 

कार्यालयका अनुसार गत आवमा राहदानी बनाएवापत रु सात करोड ३१ लाख ९० हजार राजस्व सङ्कलन भएको छ । जुन आव २०७८/७९ मा रु तीन करोड ७१ लाख ६७ हजार हजार पाँच सय थियो । साथै राहदानी बनाएवापत कार्यालयले आव २०७७/७८ मा रु एक करोड ४५ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै