• २०८१ बैशाख १७ सोमबार

बूढानीलकण्ठबाट गरगहनासहित ३० लाखको धनमाल चोरी

kharibot

काठमाडौँ । काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उहाँको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई  खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै