• २०८१ बैशाख १७ सोमबार

अन्तत: ट्वीटरको लोगो परिवर्तन

kharibot

काठमाडौँ । अन्तत: एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । मस्कले शुरुवातदेखि नै कायम रहेको ट्वीटरको चार अंकित लोगो परिवर्तन गर्दै चराको ठाउमा X राखेका छन् ।

योसँगै ट्वीटरको डोमेन पनि Twitter.com बाट X.com मा परिवर्तन भएको छ । यदि तपाइँ x.com मा जानुहुन्छ भने यसले तपाइँलाई twitter.com मा रिडिरेक्ट गर्नेछ। ट्वीटरको आधिकारिक ह्यान्डलको प्रोफाइल फोटो पनि X मा परिवर्तन गरिएको छ र नाम पनि X मा परिवर्तन गरिएको छ, यद्यपि ह्यान्डल अझै पनि @twitter छ, किनभने ह्यान्डल परिवर्तन गर्न सकिँदैन । मस्कले ट्वीटरको मुख्यालयको तस्बिर सेयर गरेका छन् जसमा एक्स लोगो लेजर लाइटबाट बनाइएको छ ।

मस्कले गत वर्ष ट्वीटर ४४ बिलियन डलरमा किनेका थिए । त्यसयता उनी ट्विटरलाई नाफामा लैजान संघर्ष गरिरहेका छन् । मस्कले ट्वीटरलाई नाफामा लैजान अनेक परिवर्तन गरिरहेका छन् ।उनले ब्लू टिकका लागि पैसा तिर्नुपर्ने नियम लागु गरे भने ट्वीटरमा हजारौ कर्मचारी हटाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै