• २०८१ बैशाख १७ सोमबार

महिला विश्वकपमा इटालीलाई हराउदै स्वीडेन दोस्रो चरणमा

kharibot

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकपमा स्वीडेनले इटालीमाथि फराकिलो जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा स्वीडेनले इटालीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

स्वीडेनको जितमा अमान्डा लेस्टेडिटले दुई गोल गरेकी थिइन् भने फ्रिडोलिना रोल्फो, स्टीना ब्ल्याकस्टेनिअस र रेबेक्का ब्लोमक्वीभिस्टले एक एक गोल गरेका थिए ।

योसँगै लगातार दोस्रो जितपछि स्वीडेनले समुह जी बाट राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । स्वीडेनको २ खेलमा ६ अंक रहेको छ । त्यस्तै इटालीको २ खेलमा ३ अंक छ भने दक्षिण अफ्रिका र अर्जेन्टिनाको २- २ खेलमा १-१ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा स्वीडेनले अर्जेन्टिनाको सामना गर्ने छ भने इटालीले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै