• २०८१ बैशाख १६ आइतबार

यतिको जहाजमा मुसा, अर्को जहाज बोलाएर यात्रीलाई उडाइयो

kharibot

पोखरा । सोमबार यती एयरलाइन्सको पोखरा-काठमाडौं उडान प्रभावित भएको छ । बिहान ११: ५० बजे ६७८ उडान संख्या रहेको जहाजमा मुसा रहेको आशंकापछि यतीको उडान रोकिएको थियो ।

प्राविधिकले जहाजमा मुसा रहेको बारे निरीक्षण गरिरहेको भएपनि सो अझै निश्चित हुन सकेको छैन । उडानका लागि यात्रुको बोर्डिङ भइरहेको बेला पाङ्ग्रा वरपर देखिएको मुसा जहाजभित्र पसेको आशंकामा उडान रोकेर प्राविधिक टोलीले निरीक्षण शुरु गरेको थियो ।

जहाजभित्र मुसाको आशंका अझै नहटेकोले अर्को जहाज बोलाएर यात्रूलाई उडाइएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै