• २०८१ बैशाख २० बिहीबार

मोनास्टिरमाथि अल नासरको शानदार जित

kharibot

काठमाडौँ । अरब क्लब च्याम्पियनसिप अन्तर्गत अल नासरले मोनास्टिरमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले मोनास्टिरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, टालिस्का, अब्दुलेलाह अल अम्री र अब्दुल्लाजिज एलेवाईले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह सी मा अल नासर २ खेलमा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै मोनास्टिरले भने आफ्ना दुवै खेल हारेको छ ।

यस समुहमा रहेको अल शाबाबको २ खेलमा ४ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ भने जामालेकको २ खेलमा ३ अंक छ र तेस्रो स्थानमा रहेको छ । हरेक समुहको शिर्ष टिमले दोस्रो चरणमा स्थान सुरक्षित गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै