• २०८१ बैशाख २७ बिहीबार

खान पकाउने ग्याँसको मुल्य घट्यो, पेट्रोलको बढ्यो

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।

त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

त्यस्तै एलपी ग्यासको मूल्य १३० रुपैयाँले घटेको छ । यससँगै ग्यास सिलिन्डरको मूल्य १६६० कायम भएको छ भने अब काठमाडौँमा पेट्रोलको १७३ रुपैयाँ र डिजेल र मट्टितेलको १५३ रुपैयाँ पुगेको छ । 

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य आएपछि आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो । निगमले यसअघि नै पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै