• २०८१ बैशाख १७ सोमबार

सन्दीपको सर्रे ग्लोबल टी-२० को फाइनलमा

kharibot

काठमाडौँ । सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानाडाको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न पहिलो इलिमिनेटर खेलमा भ्यानकोभर नाइट्सलाई ३८ रनले पराजित गर्दै सर्रे यस सिजनको ग्लोबल टी-२० को फाइनलमा पुगेको हो । सर्रेले दिएको १४० रनको लक्ष्य पछाएको भ्यानकोभरले १६.४ ओभरमा अल आउट हुदै १०१ रन बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै सर्रेले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

यस खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले ४ रन बनाएका थिए भने बलिङतर्फ ३ ओभरमा १५ रन दिएर एक विकेट लिएका थिए । सन्दीपको यस सिजनको ग्लोबल टी-२० मा टो ११औं विकेट हो । 

अब यस खेलमा हार बेहोरेको भ्यानकोभरले दोस्रो क्वालिफायरमा मोन्टरियलको सामना गर्ने भएको छ । क्वालिफायरको विजेताले उपाधिका लागि फाइनलमा सर्रेको सामना गर्न छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय