• २०८१ बैशाख १८ मंगलबार

रजनीकान्तको फिल्म हेर्न कर्मचारीलाई बिदा !

kharibot

मुम्बई । रजनीकान्तको फिल्म आउनु मात्रै पर्छ, फ्यानहरू अति नै उत्साहित हुनेछन् ।

थलाइवाको आगामी फिल्म ‘जेलर’ ले उनका फ्यानहरुबीच नयाँ उत्साह जगाएको छ । यो फिल्म अगस्ट १० मा रिलिज हुन लागेको छ । यस्तो अवस्थामा चेन्नई र बैंगलोरका विभिन्न कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् ।

समाचार अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले १० अगस्तमा बिदा दिएका छन् । यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई जेलर टिकट पनि निःशुल्क दिइएको छ । रजनीकान्त २ वर्षपछि पर्दामा धमाकेदार एन्ट्री गर्दैछन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिनेछन् । थलाइवाको यो एक्सन प्याक फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा कर्मचारीलाई बिदा दिइएको छ ।

युनो एक्वाका कर्मचारीलाई पनि निःशुल्क टिकट दिने सर्कुलरमा लेखिएको छ । ‘रजनीकान्त हाम्रा हजुरबुबा, हाम्रो बुबा, हाम्रो पुस्ता, हाम्रो छोरा र हाम्रो नातिको पुस्ताको एक मात्र सुपरस्टार हुन’ भन्दै कार्यालय बिदासहित कर्मचारीलाई निःशुल्क टिकट पनि काटिदिएको छ ।  

आउँदै गरेको फिल्म जेलर रजनीकान्तको १६९औं फिल्म हो । यही कारणले गर्दा फिल्मको नाम पहिले थलाइवा १६९ राखिएको थियो । पछि फिल्मको नाम बदलेर जेलर राखियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय