• २०८१ बैशाख ३१ सोमबार

ओली र सांसद सुनिल शर्माबीच भेट

kharibot

काठमाडौँ । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेर रिहा भएका सांसद सुनिल शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

सांसद शर्माले ओलीलाई उनकै निवास बालकोट पुगेर आइतबार बिहान भेट गरेका हुन् ।

सांसद शर्मालाई भेट गर्दै अध्यक्ष ओलीले ३० बर्षअघि देखिको विषयलाई अहिले सुन तस्करको प्रकरणमा बोलेपछि अहिले उठाएर पक्राउ गरिएको आरोप लगाए ।

ओलीले सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्नु जायज भएको बताउदै कसैले उजुरी हालेकै भरमा पक्राउ गर्नु गलत भएको टिप्पणी गरे । उनले संसदमा सभामुखलाई जानकारी नदिएर, मुद्धाको विषय समेत जानकारी नदिएर पक्राउ गरिनु पार्टी विषयको नभएको र लोकतान्त्रिक मान्यताको कुरा भएको ओलीले बताए । उनले शर्माको पक्राउको घटना सरकारविरुद्ध बोल्नेको मुख थुन्ने प्रयासको रुपमा हेरिनुपर्ने बताए ।

सांसद शर्मालाई प्रहरीले पक्राउ गरेपछि ओलीले त्यसको विरोध गरेका थिए । ओलीले आफ्नो पक्षमा बोलेको भन्दै सांसद शर्मा रिहा भएपछि उनलाई भेट्न गएका हुन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै