• २०८१ बैशाख ३१ सोमबार

गृहमन्त्रीको राजीनामा मेरो बटमलाइन हो- सुनिल शर्मा

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

काँग्रेसको संसदीय दलको बैठकपछि प्रतिक्रिया दिदै गृहमन्त्रीले उत्तर कोरियाको जस्तो शासन चलाउन खोजेको भन्दै गृहमन्त्रीले राजीनामा गर्ने दाबी गरेका छन् ।

शर्माले संसदीय दलको बैठकमा आफुले संसदमा बोल्न नदिए विद्रोह गर्ने नेताहरुलाई जानकारी दिएको बताए ।

शर्माले यो सरकार आतंककारी भएको बताउदै आफु सत्ता पक्षको भएपनि सरकारमा भएको महसुस नभएको बैठकमा राखेको बताए । 

उनले आफुलाई पक्राउ पुर्जी पनि नदिईकन पक्राउ गरेको बताउदै गैरकानुनी रुपमा आफुलाई पक्राउ गरेको दाबि गरे ।

सांसद शर्माले आफूले गृहमन्त्री र अर्थमन्त्रीका विषयमा संसद्‌मा नीतिगत प्रश्न उठाएको स्पष्ट पारे । 

उनले भने- 'भन्सारबाट क्विन्टल सुन आउने, भारत पुग्ने, पुलिस प्रशासनको नेतृत्व गर्ने गृहमन्त्रीलाई थाहा नहुने । भन्सारमा आफ्ना स्टाफ पठाएर मेकानिजम राखेका छन्, अर्थमन्त्रीलाई थाहा नहुने भन्ने कुरा नेपाली जनताले पत्याउँछन् त ? यो कुरीकुरी गर्ने विषय होइन ? मैले नीतिगत कुरा गरेको हो । प्रकाशशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ तस्कर हो भनेको होइन । गृहमन्त्रीले पनि तस्कारी गर्नुभयो भनेको होइन ।'

सांसद शर्माले गृहमन्त्रीको राजीनामा आफ्नो बटमलाइन भएको स्पष्ट गर्दै राजीनामा नआएसम्म आफुले आफ्नो विरोध जारी राख्ने संसदीय दलको बैठकमा राखेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै