• २०८१ बैशाख १७ सोमबार

सर्लाहीमा सर्पदंशबाट एक जनाको मृत्यु

kharibot

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ ।

राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा उनलाई लगिएको थियो ।

तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको स्थानीयले बताए । यसवर्ष सर्लाहीमा  सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै