• २०८१ बैशाख २० बिहीबार

अल हिलालमा नेइमार खेल्ने बारे प्रशिक्षक भन्छन्- उनी घाइते छन्, तत्काल खेल्न सक्दैनन्

kharibot

काठमाडौँ । पिएसजी छोडेर साउदी प्रो लिग क्लब अल हिलाल गएका नेइमार तत्काल खेल्न नसक्ने भएका छन् ।

अल हिलालका प्रशिक्षक जर्ज जिससले नेइमारलाई हाल सानो इन्जुरी रहेको र उनी मैदानमा उत्रिन केहि समय लाग्ने बताएका हुन् ।

अल हिलालले गएराती नेइमारलाई आफ्नो घरेलु मैदानमा प्रस्तुत गरेको थियो । अल हिलालमा पुगेका नेइमार क्लबका लागि खेल्न भने केहि समय पर्खिनु पर्ने भएको छ ।

प्रशिक्षक जर्जले नेइमारको इन्जुरी बारे जानकारी दिदै भने- 'नेइमार अहिले घाइते छन् । अहिलेसम्मको जानकारी अनुसार उनी सेप्टेम्बर मध्यसम्म खेल्न सक्दैनन् । तर ब्राजिलको राष्ट्रिय टिममा उनलाई अहिले किन समावेश गरिएको छ मैले बुझ्न सकेको छैन ।'

ब्राजिलले विश्वकप छनौटका शुरुका दुई खेलका लागि २३ सदस्यीय टिममा नेइमारलाई पनि समावेश गरेको छ । ब्राजिलले विश्वकप छनौट अन्तर्गत सेप्टेम्बर ८ मा बोलिभिया र सेप्टेम्बर १२ मा पेरुसँग खेल्दै छ ।

साउदी लिगको नयाँ सिजनमा अल हिलालले अहिलेसम्म खेलेका दुई खेलमा एक जित र एक बराबरी खेलेको छ । अब अल हिलालले अर्को खेल अगस्त २४ मा अल राएदविरुद्ध खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै