• २०८१ बैशाख १५ शनिबार

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

बुधबार रास्वपाको पार्टी कार्यालय वनस्थलीमा सभापति लामिछाने र राजदुत थम्पसनले भेटवार्ता गरेको रास्वपाले जनाएको छ ।

सो भेटघाटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरू लगायत नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू छलफल भएको थियो ।

राजदुत थम्पसनले भिसा सम्बन्धि समस्याको बारेमा आफु  जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको जानकारी गराएको रास्वपाले जनाएको छ ।

सो भेटवार्तामा रास्वपाका सांसद तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,  केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै