• २०८१ बैशाख १६ आइतबार

चन्द्रयान-३ को सफल अवतरणप्रति प्रधानमन्त्री प्रचण्डले दिए मोदीलाई बधाई

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको चन्द्रयान-३ सफलतापुर्वक चन्द्रमा अवतरण गरेकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन् ।

बधाई संदेश दिदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्- 'आज चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण र विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारतको इसरो टोलीलाई बधाई दिन्छु ।'

बुधबार भारतले पठाएको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक सफल अवतरण गरेर नयाँ इतिहास बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै