• २०८१ बैशाख १९ बुधबार

क्रसरले उजाडेको नदी किनार मन भुलाउने हरितपार्क !

kharibot

महोत्तरी । वरपर क्रसरले मरुभुमी वनाएका फाँटहरू छन । कतै माटो तथा बालुवा उत्तखनन गर्दा बनेका गहिरा खाल्डा देखिन्छन त कतै गिटी र वालुवा थुपारेका पहाड भेटिन्छन् ।

बर्षायाममा पनि धुलोको कुइरीमण्डलले यही बटो भएर बर्दिबासका दक्षिणतर्फ जाने यात्रुहरु मुख छोप्नै पर्न बाध्यता छ । तर यो बिरक्त लाग्दो वातावरणिय दुर्दशाको दैनिक आवतजावत गर्ने भुक्तभोगी मात्र हैन, बाहिरवाट आएका ब्यक्तिहरु समेत एकैछिन भए पनी यो ठाउँमा आजकाल अडिन लागेका छन् ।

कारण हो रातु मित्रपार्क ।  रातु नदिको किनारामा लगाइएका सयौ जातका विरुवाहरुले अहिले हरियाली छरेका छन । रोटरी कलव अफ बर्दिबासले झण्डै ८ बिघा क्षेत्रफलमा हरित पार्क बनाउने उदेश्यले लगाइएको झण्डै २६ सय भन्दा बढी बिरुवाहरु हुर्केसगैँ रातु नदिको तटिय क्षेत्र हराभरा बनेको छ ।

बर्ष दिन अगाडीसम्म वालुवा नै वालुवाका कारण उराठलाग्दो मरुभुमी देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसगैँ स्थानिय र यात्रुहरुलाइ एकैछिन भए पनि स्वच्छ अक्सिजन लिन सकिने बिश्रामस्थल बनेको स्थानियहरु बताउँछन । पुर्व रोटरी कलव अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा झण्डै १ करोड २५ लाख लगानीमा निर्माण भएको उक्त हरित पार्कको नतिजा धमाधम देखिन थालेको छ ।

त्यसो त अहिलेका अध्यक्ष कृष्ण गौतमले पनि उक्त मित्रपार्कको सौन्दर्यकरणमा निक्कै मेहनत गरेका छन । ड्यामको माथी पट्टिवाट सुन्दर बाटो बनाइएको छ भने घामले बिरुवाहरु नसुकुन भनेर पानीको व्यवस्था गरिएको अध्यक्ष गौतम बताए । चारैतिर पर्खाल घेरेर बनाइएको उक्त हरितपार्कले आकार लिएसगैँ अवलोकन गर्नेहरुको संख्या समेत बढिरहेको छ ।

रातु मित्रपार्क मात्र हैन, रोटरी कलवले बर्दिबासलाइ हरित सहरको रुपमा बिकास गर्ने अवधारणा नै अगाडि बढाएको अध्यक्ष गौतम बताउँछ्न । अहिलेसम्म झण्डै ५ हजार बिरुवा रोपेको बताउदै अध्यक्ष गौतमले मुख्य सडकको विचमा पनि रोटरीले हरितयुक्त सौन्दर्यमा जोड दिएको बताए । 

बर्दिवास चोकको पुर्व-पश्चिम राजमार्गमा देखिने हरियाली रोटरी कलवको नै देन हो ।  नदिका किनारहरुमा क्रसर ब्याबसायीहरुका कारण नदि उकास जग्गा समेत अतिक्रमण भैइरहेको जनगुनासो बढीरहेको वेला रोटरी कलवले नदि उकास जग्गालाइ हरित पार्क वनाएपछी चर्चा सुरु भएको छ ।

पछिल्लो समय होटल हवको रुपमा बिकास भएको बर्दिबासमा आउने आन्तरिक र बाहय पर्यटकको लागी समेत यो हरितपार्क निक्कै उपयोगी सावित भएको होटल व्यवसायीहरु वताउछन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै