• २०८१ बैशाख २८ शुक्रबार

पुटिन भन्छन्- प्रिगोजेनी प्रतिभाशाली व्यापारी थिए, ९० को दशकदेखि चिनजान थियो

kharibot

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी निजी सेना प्रमुख येभगेनी प्रिगोजेनीको विमान दुर्घटनामा मृत्यु भएकोमा पहिलो पटक प्रतिक्रिया दिएका छन् ।

पुटिनले दुर्घटनामा मारिएका सबै यात्रुका परिवारलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रुसी टेलिभिजनलाई गरेको सम्बोधनमा पुटिनले प्रिगोजिनलाई एक प्रतिभाशाली व्यापारीको रूपमा वर्णन गरेका छन् ।

आफ्नो टेलिभिजन सम्बोधनमा पुटिनले भने- 'यो घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताहरूले के भयो भनेर हेर्नेछन् तर समय लाग्नेछ ।'

पुटिनले बिहीबार बिहान दुर्घटनाको जानकारी पाएको बताए । पुटिनले भने- 'जहाँसम्म मलाई थाहा छ, प्रिगोजिन हिजो मात्र अफ्रिकाबाट फर्केका थिए । त्यहाँ उनले केही अधिकारीसँग भेट गरेका थिए । मैले प्रिगोजिनलाई १९९० को दशकको सुरुदेखि नै लामो समयदेखि चिनेको थिएँ । उनले आफ्नो जीवनमा केहि गम्भीर गल्तीहरू गरेका थिए र आफ्नो भाग्यसँग लडिरहेका थिए । तर उनले पछिल्ला दिनहरुमा आफ्नो र आम जनताको लागि महत्वपूर्ण काम गरे ।'

पुटिनले अगाडी भने- 'प्रारम्भिक अनुसन्धानले वाग्नर कम्पनीका कर्मचारीहरू विमानमा सवार थिए भनेर देखाएको छ । म नोट गर्न चाहन्छु कि यी व्यक्तिहरू हुन् जसले युक्रेनमा नयाँ नाजी शासनसँग लड्ने हाम्रो साझा उद्देश्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । हामी यो बिर्सने छैनौं ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै