• २०८१ बैशाख १७ सोमबार

जवानको अग्रिम टिकट बुकिङमा देखिदैछ शाहरुखको क्रेज

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको क्रेज फेरी देखिन थालेको छ ।

गत जनवरी २५ मा रिलिज भएको पठानले बक्स अफिसमा तहल्का मच्याएपछि अब सेप्टेम्बर ७ मा रिलिज हुने जवानको अग्रिम टिकट बुकिंग शुरु भएको छ ।

फिल्म रिलिजको १५ दिन अघि अमेरिकामा शाहरुख खान स्टारर फिल्म जवानका लागि १० हजार टिकट अग्रिम बुकिङ गरिएको छ । फिल्मले अहिलेसम्म अमेरिकामा अग्रिम बुकिङबाट मात्रै १.३६ करोड कमाएको मिडिया रिपोर्टमा बताइएको छ । शाहरुखको फिल्म पठानले रिलिजको पाँच दिनअघि नै अग्रिम बुकिङबाट अमेरिकामा करिब १ करोड कमाएको थियो ।

त्यस्तै भारतमा फिल्मको हिन्दी शोका लागि करिब ९ हजार २०० टिकट बिक्री भइसकेको छ भने तेलुगु शोका लागि ३६० टिकट बिक्री भएको छ ।

बलिवुड फिल्म विश्लेषकहरुले शाहरुखको फिल्म जवानले रिलिजको पहिलो दिन विश्वभर सय करोड कामाइ गर्न सक्ने अनुमान गरेका छन् ।

फिल्मलाई विहान ६ बजेदेखि नै रिलिज गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ ।

फिल्मका निर्देशक एट्ली हुन् । फिल्ममा शाहरुख खानसँगै विजय सेतुपति र नयनतारा पनि देखिनेछन् । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुनेछ । फिल्ममा सान्या मल्होत्रा ​​र प्रियमणी पनि देखिनेछन् । त्यस्तै फिल्ममा दीपिका पादुकोण केमियो रोलमा देखिनेछिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै