• २०८१ बैशाख १७ सोमबार

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

kharibot

मकवानपुर । बागमती प्रदेशमा यही  भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ  सम्पन्न भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए ।

प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा   खेतीयोग्य जमिनको माटोकोे अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै