• २०८१ बैशाख २२ शनिबार

पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा

kharibot

काठमाडौं । पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार पुगेका छन् । 

बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उनको पहिलो औपचारिक भ्रमण हो । छयासी वर्षीय पोपको चारदिने मङ्गोलिया भ्रमण यो देशमा रहेका करिब एक हजार चार सय क्याथोलिक समुदायका लागि समर्थन जुटाउन अधिकतम उपयोग हुने बताइएको छ । 

अर्जेन्टिनाका नागरिक पोप बिहीबार रोमबाट मङ्गोलियाको राजधानी उलानबाटारको लागि प्रस्थान गरेका थिए । नौ घण्टाको विमान यात्रा पूरा गरेपछि उलानबटार विमानस्थलमा अवतरण गरेका उनलाई विदेशमन्त्री बाटमुन्ख बत्तसेसेगले स्वागत गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै