• २०८१ बैशाख २१ शुक्रबार

मलाई कथाले आकर्षित गर्छ- मनिषा कोइराला

kharibot

काठमाडौँ । अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिएको लामो समय भइसकेको छ ।

नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गर्नुभएकी अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त छिन् । उनले हालै सम्पन्न एक छलफलमा नेपाली चलचित्रको विषयवस्तुले आकर्षण गरेमा अभिनय गर्ने बताइन् । “नेपाली चलचित्रमा काम गर्ने इच्छा नभएको होइन । तर समय र परिस्थिति मिलेको छैन । राम्रो कथाले मलाई पक्कै आकर्षित गर्छ”, अभिनेत्री कोइरालाले भनिन् ।

उनले चलचित्रको कथा माटो सुहाउँदो हुनुपर्नेमा जोड दिइन् । पछिल्लो समय नेपाली चलचित्र र शृङ्खला जोडिन चाहिरहेको ओभर दी टप (ओटिटी) मा स्थानीय कथा नै खोजिने उनले बताइन् । 

“मैले ओटिटीमासमेत काम गरेकी छु । त्यो माध्यमले विश्वभरका दर्शकलाई सुविधा दिन्छ । ओटिटीका सञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन्”, अभिनेत्री कोइरालाले भनिन्, “अन्तर्राष्ट्रियस्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँकोे संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् दर्शक । त्यसैले देशको माटो सुहाउँदो चलचित्र बनाउन जरुरी छ ।

उनले आफूले अभिनयको सुरुआत गरेको समय नब्बेको दशकमा अवास्तविक प्रस्तुति रुचाइने भए पनि अहिले वास्तविकता चित्रण गर्ने अभ्यास बढेको र दर्शकले रुचाइरहनुभएको बताइन् । उनले भनिन्, “प्रस्तुतीकरण जति वास्तविक भयो, दर्शकले त्यति मन पराउँछन् । अभिनय जति धेरै वास्तविक हुनसक्यो त्यति राम्रो मानिन थालेका छन् । अहिले अभिनय गर्दा आँखामा आँशु जरुरी छैन, आँखामा पीडा देखिनुपर्यो ।”

कथा शैलीमा आएको बदलावलाई ओटिटीले बढावा दिएको कोइरालाको बुझाइ थियो । “विशेषत कलात्मक चलचित्रले व्यावसायिकरुपमा चलचित्र भवनमा बलियो उपस्थिति जनाउन नसक्दा ओटिटीले प्रोत्साहन गर्नुका साथै लगानी सुरक्षित गरिदिएको छ”,उनले भनिन्, “यसको फलस्वरुप आफूलाई स्थापित गर्नेलाई हौसला मिलेको छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै