• २०८१ बैशाख १७ सोमबार

धनगढी उपमहानगरपालिका विरुद्ध मानहानी मुद्दा दायर

kharibot

धनगढी । कैलाली जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिका विरुद्ध मानहानी मुद्दा दायर भएको छ। 

मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरेका हुन्।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरिएको जनाइएको छ। रिटमाथि बिहिबार बहस तोकिएको रिट दायरकर्ता पाठकले बताए।

जिल्ला अदालत सम्झौता विपरित कुनै काम नगर्न र नगराउन आदेश दिए पनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको थियो। अदालतको आदेश विपरित उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको हो।

जिल्ला न्यायधिश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबिच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरितको कुनै पनि कार्य नगर्नु नगराउन भनि मुलुकी देवानी सहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनु ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै