• २०८१ बैशाख १७ सोमबार

परोपकार प्रसूति अस्पतालमा आजदेखि अनलाइन टिकट

kharibot

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले बुधबारदेखि अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ ।

अस्पतालले ६४ औं वार्षिकोत्सवको अवसर पारेर बुधबारदेखि अनलाइन व्यवस्था सुरू गरेको हो ।

बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउन्टरसमेत थप गरी सञ्चालनमा ल्याएको जनाएको छ । 

स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टरसमेत थप गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय