• २०८१ बैशाख १५ शनिबार

विराटको एकदिवसीय क्रिकेटमा १३ हजार रन पुरा

kharibot

काठमाडौँ । विराट कोहलीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा १३ हजार रन पुरा गरेका छन् ।

जारी एशिया कपमा पाकिस्तानविरुद्ध १२२ रन अविजित बनाएका विराटले एकदिवसीय खेलमा १३ हजार २४ रन बनाएका हुन् ।

योसँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३ हजार रन बनाउने विश्वको पाँचौं खेलाडी बनेका छन् भने भारतका सचिन तेन्दुलकरपछि दोस्रो खेलाडी बनेका छन् ।

यसअघि भारतकै सचिन तेन्दुलकरले १८ हजार ४२६ रन बनाएका छन् भने श्रीलंकाका कुमारा सांगाकाराले १४ हजार २३४ रन बनाएका छन् । त्यस्तै अस्ट्रेलियाका रिक्की पोंटिंगले १३ हजार ७०४ रन बनाएका छन् भने श्रीलंकाका सनथ जयसूर्यले १३ हजार ४३० रन बनाएका छन् । साथै विराट छिटो १३ हजार रन बनाउने भने पहिलो खेलाडी बनेका छन् ।

त्यस्तै पाकिस्तानविरुद्ध शतक प्रहार गरेसँगै विराटले एकदिवसीयमा ४७औं शतक पुरा गरेका छन् र सचिनको रेकर्ड ४९ शतकको बराबरी गर्न दुई शतकले पछाडी रहेका छन् ।

त्यस्तै विराटको अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ७७ शतक भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै