• २०८१ बैशाख १८ मंगलबार

दार्चुलामा चरेससहित २ जना पक्राउ

kharibot

दार्चुला । दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।

शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्दा दुवैजनाको साथबाट गरी आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको हो ।

धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताए । दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै