• २०८१ बैशाख २१ शुक्रबार

सिमिकोटका लागि उडेको मकालु एयरको विमान सम्पर्कविहीन, खोजी कार्य जारी

kharibot

फाइल तस्बीर

सुर्खेत । सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको विमान सम्पर्कबिहिन भएको छ ।

बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन विमान सम्पर्कमा नआएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले खरीबोटलाई बताए ।  

जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नु विमान अवतरण नगरेपछि खोजि कार्य सुरु भएको कार्कीले जानकारी दिएका छन् ।

विमान खोजिका लागि मकालु एयरले हेलिकप्टर पठाएको कार्कीले जानकारी दिए । साथै सुरक्षा निकाय पनि विमानको खोजीकार्यमा जुटेको उनले बताए ।

सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको मकालु एयरको यो विमान सिंगल इन्जिन विमान रहेको बताइएको छ ।

यसैबीच बिमान बाजुरा जिल्लाको कर्णाली बगरमा भेटिएको भन्ने सूचना गलत भएको सुर्खेत विमान स्थलले जानकारी दिएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि खरीबोटसँग कुरा गर्दै विमान भेटिएको भन्ने कुरा आएपनि आधिकारिक रुपमा पुष्टि नभएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै