• २०८१ बैशाख १७ सोमबार

फिल्म ‘ह्याप्पी डिभोर्स’ को घोषणा, केकी र रीमा मुख्य भूमिकामा

kharibot

काठमाडौँ । अभिनेता विमलेश अधिकारीले फिल्म डेभ्यु निर्देशनमा फिल्म ‘ह्याप्पी डिभोर्स’को घोषणा गरिएको छ ।

मंगलबार काठमाडौंका एक कार्यक्रमका बीच फिल्म 'ह्याप्पी डिभोर्स' को प्रिभ्यू भिडियो सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो । फिल्मको कथा विमलेशका साथै अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मामा केन्द्रित प्रिभ्यु भिडियोबाट बुझ्न सकिन्छ ।

निर्माण टिमले फिल्म अंग्रेजी नयाँ वर्ष २०२४ बाट छायांकन थालेर सोही वर्ष प्रदर्शन गर्ने जानकारी दिएको छ ।

फिल्मको कन्सेप्ट तथा कथा विशलेशको नै रहेको छ भने फिल्ममा नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र पुकारमणी राईको लेखन रहनेछ । डिभोर्सपछि पनि खुसी भएर जीवन अगाडि बढाउन सकिन्छ भन्ने सन्देश फिल्मले दिने निर्देशक तथा कलाकर विमलेशले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै