• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री प्रचण्डको अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।

राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्न न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन् ।

अमेरिका भ्रमणको अन्तिम दिन प्रधानमन्त्री प्रचण्डले भनेका बाइडेनसँगको आफ्नो तस्बीर सार्बजनिक गर्दै भनेका छन्- 'अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद !'

प्रधानमन्त्री प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । 

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । 

चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय